बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द   « Khabarhub

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित ८ वटा सरकारी बिदा रद्द गरेको घोषणा गरेको छ । यी मध्ये, दुई सबैभन्दा महत्त्वपूर्ण मितिहरू मार्च ७  र अगस्ट १५ समावेश छन्।

मार्च ७ मा बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानले भाषण दिएर पाकिस्तानी सेनाको विरुद्धमा सम्पूर्ण देशलाई एकजुट गरेको दिन हो । अहिले यो दिनलाई त्यहाँ स्वतन्त्रताको बिगुल फुकेको दिनका रूपमा स्मरण गरिन्छ । 

त्यस्तै बङ्गलादेशमा अगस्त १५ मा शोक मनाइन्छ । सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका धेरै सेनाका अधिकारीहरूले शेख मुजिबुर रहमानको घरमा प्रवेश गरी उनको हत्या गरेका थिए । यस दिन त्यहाँ शोक मनाइएको थियो । युनुस नेतृत्वको सरकारले यी दुवै दिनको बिदा रद्द गर्ने निर्णय गरेको छ ।

यो निर्णय लिनेमा शेख हसिनाको विरुद्धमा आन्दोलन सुरु गरेका व्यक्तिहरू पनि पर्छन्। जसले पछि उनको पदच्युतको नेतृत्व गरेको थियो ।

शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाको पार्टी अवामी लिगले बिदा रद्द गरेकोमा विरोध गरेको छ । पार्टीले आफ्नो फेसबुक पेजमा गैरकानुनी सरकारले बंगलादेश निर्माणको इतिहासलाई नष्ट गर्न खोजेको टिप्पणी गरेको छ । लिगले देशमा पाकिस्तानको विचारधारा थोपाउन चाहेको उल्लेख गरेको छ ।

त्यस्तै बिहिबार बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । न्यायाधिकरणले हसिनासहित ४६ जनालाई पक्राउ गरी नोभेम्बर १८ सम्म न्यायाधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ११ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन