नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट « Khabarhub

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन बनायो ।

नेपालको जितका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले जादू देखाए । तीन ओभर बलिङ गरेका उनले महत्त्वपूर्ण तीन विकेट लिए । अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडेका थिए । ऐरीले खेलको प्लेयर अफ दि म्याच बने ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक पूरा गर्न एक रनले चुकेका थिए ।

ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।

कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए। त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

१९ औं र २० औं ओभरमा नेपालको ब्याटिङ लाइन टिक्न सकेन । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सकेका थिए । नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, करण केसी र रिजन ढकालले समान एकएक विकेट हात पारे ।

खराब सुरुवात गरेको अमेरिकाका लागि शायन जहाँगीरले नटआउट ६० रन बनाए । एन्ड्रिज गौसले ३० रन बनाउँदा मिलिन्द कुमारले २२ रन जोडे । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । सिरिज अन्तर्गत नेपालले नेपालले आइतबार दोस्रो र सोमबार तेस्रो खेल खेल्दैछन् ।

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके
नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती
अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : २३ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड