नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट « Khabarhub

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन बनायो ।

नेपालको जितका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले जादू देखाए । तीन ओभर बलिङ गरेका उनले महत्त्वपूर्ण तीन विकेट लिए । अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडेका थिए । ऐरीले खेलको प्लेयर अफ दि म्याच बने ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक पूरा गर्न एक रनले चुकेका थिए ।

ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।

कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए। त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

१९ औं र २० औं ओभरमा नेपालको ब्याटिङ लाइन टिक्न सकेन । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सकेका थिए । नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, करण केसी र रिजन ढकालले समान एकएक विकेट हात पारे ।

खराब सुरुवात गरेको अमेरिकाका लागि शायन जहाँगीरले नटआउट ६० रन बनाए । एन्ड्रिज गौसले ३० रन बनाउँदा मिलिन्द कुमारले २२ रन जोडे । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । सिरिज अन्तर्गत नेपालले नेपालले आइतबार दोस्रो र सोमबार तेस्रो खेल खेल्दैछन् ।

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके
नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती
अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : २३ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल