बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला « Khabarhub

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको  चिन्तित भएका छन् । 

बिजुलीको झिलीमिलीमा रमाउने आधुनिक समाजले माटोका दिया, पालालाई बेवास्ता गर्दा पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाका कुम्हाले चिन्तित भएका हुन् । 

दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका कुम्हालहरू समाजले झिलीमिली बत्ती, प्लाष्टिक र धातुका विभिन्न भाँडाकुँडाले गर्दा माटोको भाडावर्तन, पालालगायत सामग्रीको बिक्रीमा  कमी आएकोे जलेश्वर नगरपालिका–१ का कुम्हाल मङ्गल पण्डितले बताए।  

दिपावली, छठपर्वलगायत अन्य पूजापाठमा अति आवश्यक दियो, ढकनी, घैँटो, मटिया, कुसिया, भन्दै सबैले प्रयोग गर्ने बेला आफूहरूलाई ती भाँडाकुँडा पूर्ति गर्न भ्याइनभ्याई हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडाकुँडा तथा बिजुलीबत्ती प्रयोग गर्न थालेपछि आफूहरूको व्यवसाय चौपट भएको दुखेसो उनले गरे ।

सदरमुकाम जलेश्वरलगायत जिल्लाको मटिहानी, धिरापुर, रामगोपालपुर, गौशाला, औरही, गौशाला, बर्दिबासलगायत गाउँपालिकाका कुम्हालले माटोको दियो, ढकनी, घैँटो, मटिया, कुसिया र कुरबारलगायत सामग्री बेच्ने गरेकामा अहिले नगण्य मात्रामा ती बजारमा सामग्री बिक्री हुने गरेको महोत्तरी गाउँपालिका–४ कुम्हाल वीरेन्द्र पण्डितले बताए। 

पहिला महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा तराईमा मात्र नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुवनी, दरभङ्गा, सीतामढी र पटनासम्म निर्यात हुने गरेकामा अहिले स्थानीय बजारमा माग ह्वात्त घटेपछि आफूहरूको पेसा नै धरापमा परेको जलेश्वर नगरपालिका–११ का कुम्भकार सुरज पण्डितले बताए।

अत्यधिक श्रम र  लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा अब नयाँ पुस्ता लाग्न नचाहेको जलेश्वर नपा–६ का कुम्भकार नन्दु पण्डितले बताए।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ३९ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत