आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने  « Khabarhub

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई १० प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको कार्तिक १ गते बसेको सञ्चालन समितिको बैठकले ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव गरेको कम्पनी सचिव ध्रुव कुमार पौडेलले जानकारी दिएका छन् । 

पौडेलका अनुसार लघुवित्तले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरेर ०.५० प्रतिशत नगद लाभांश दिने भएको छ । 

लघुवित्तले घोषणा गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी साधारणसभाले पास गरेपछि शेयर धनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : ४४ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम