फिल्म ‘कर्मा’ चैत २९ मा, एक्सन अवतारमा देखिँदै विपिन « Khabarhub

फिल्म ‘कर्मा’ चैत २९ मा, एक्सन अवतारमा देखिँदै विपिन


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक सौरभ चौधरीले अभिनेता विपिन कार्कीलाई एक्सन अवतारमा उतार्ने भएका छन् । फिल्म ‘कर्मा’मा विपिन एक्सन अवतारमा देखिने भएका हुन् ।

निर्माण पक्षले शुक्रबार निर्माण घोषणा गर्दै केन्द्रीय पात्रका लागि विपिन अनुबन्ध भएको जानकारी दिएको हो । फिल्मको प्रदर्शन मिति चैत २९ लाई तोकिएको छ ।

अनाउन्समेन्ट पोस्टरमा विपिन जिममा कसरत गरिरहेका छन् । यही फिल्मका लागि ज्यान बनाउने क्रममा सो तस्बिर लिइएको विपिनले जानकारी दिए । भन्छन्, ‘एक्सन फिल्म भएपछि ज्यान बनाउनुपर्ने भयो । सार्वजनिक फोटो त्यही क्रममा लिइएको हो ।’

विपिन फिल्मका लागि गृहकार्यमा लागे पनि अहिलेसम्म छायाङ्कन मिति टुङ्गो लागेको छैन । जाडोयाममा छायाङ्कनमा निस्कने योजना भएको आफ्नो तर्फबाट तयारीमा जुटेको विपिन बताउँछन् ।

एक्सन जनरामा बन्ने ‘कर्मा’ एक युवकले आफ्नो लक्ष्य पछ्याउने क्रममा आएका उतारचढावको कथामा आधारित रहेको बुझिएको छ ।

निर्देशक चौधरीका अनुसार फिल्मका अन्य कलाकारको चयनको काम भने बाँकी छ ।

यो फिल्मको कथा निर्देशक चौधरीले नै लेखेका हुन् । उनको यो तेस्रो निर्देशन हो । यसअघिको उनको फिल्म ‘अगस्त्य ः च्याप्टर १’बाट उनले सकारात्मक प्रतिक्रिया पाएका थिए ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने यस फिल्ममा वसन्त लम्सालले लगानी रहनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १ : २० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय