इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित « Khabarhub

इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङ्ग्ल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।

इङ्ग्ल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिङ्गमा २२१ रन बनाएपछि इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ५९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले