इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित | Khabarhub Khabarhub

इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङ्ग्ल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।

इङ्ग्ल्याण्डलाई अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिएका थिए भने साजिद खानले २ विकेट लिएका थिए ।

यस टेस्टमा पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो । त्यस्तै पाकिस्तानले दोस्रो इनिङ्गमा २२१ रन बनाएपछि इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ५९ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार