श्रीमान पक्राउ पर्ने हल्ला सुनेपछि निकिता पनि पुगिन् पार्टी कार्यालय  | Khabarhub Khabarhub

श्रीमान पक्राउ पर्ने हल्ला सुनेपछि निकिता पनि पुगिन् पार्टी कार्यालय 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा पार्टी कार्यालय चमतीमा १ बजेबाट भिडभाड बढेको छ ।

रास्वपा समर्थक तथा पार्टीका नेताहरू चमतीमा भेला हुने क्रम जारी छ । यसैबीच लामिछानेकी श्रीमती निकिता पौडेल पनि पार्टी कार्यालय पुगेकी छन् ।

अन्य नेताहरू पार्टी कार्यालयको कोठामा अनौपचारिक छलफलमा छन् । उनलाई प्रहरी पक्राउ गर्न पुगे मिडियासामु केही कुरा राखेर मात्र प्रहरीको साथमा जाने तयारी भइरहेको छ  ।

तर रविलाई  प्रहरीले आज पक्राउ गर्ने या नगर्नेबारे प्रहरी स्रोतले पनि खुलाएको छैन ।

कास्की प्रहरीले यसबारे छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : २१ बजे

बालाचतुर्दशीमा पशुपतिनाथको कैलाश क्षेत्रमा पसल राख्न नदिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वका अवसरमा यस

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम

आमा समूहबाट गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा

च्याम्पियन्स लिगको शीर्ष आठका लागि तीव्र प्रतिस्पर्धा

लन्डन – च्याम्पियन्स लिगको सुरुवाती तीन खेलमा जित हात पार्दै