‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट « Khabarhub

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट

कविता महोत्सवका लागि १० कविता पनि छानिए



सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनोट गरेका १० कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ।
छनोटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बाँकी नै रहन्छन् रहेका छन् ।

त्यसैगरी जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निवन्ध संग्रह चियागफ र मञ्जुला तामाङ सुब्बाको कविता संग्रह कुहिरोभित्र घुम जोरबङ्गलो समेत टपटेन पुस्तकको सूचीमा परेका छन् ।

स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ । त्यसबाट छानिएका १० कृतिमध्ये एउटा कृतिलाई ताम्रपत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । पुरस्कारको राशी नगद २ लाख रुपैयाँ रहेको छ ।

विमल स्मृति पुस्तकालयले विगत दुई बर्षदेखि ‘विमल गुरुङ कृति पुरस्कार’ प्रदान गर्दै आएको छ ।

१० उत्कृष्ट कविता छानिए

त्यसैगरी विगत ३३ बर्षदेखि नियमित आयोजना गरिँदै आएको राष्ट्रिय कविता महोत्सवका लागि पुस्तकालयले १० उत्कृष्ट कविता छनोट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कविताहरु मध्ये १० कविता छनोट गरिएको हो ।

पुस्तकालयले सार्वजनिक गरेका कवितामा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार र मोरङका समीक्षा छिलिङ राईको फूल र म परेका छन् ।

त्यसैगरी, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैंचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मग्रातीको देशमा मेरो अनुहार पनि उत्कृष्ट १० कविताको सूचीमा परेका छन् ।

 

उत्कृष्ट कवितामध्ये प्रथमलाई नगद २१ हजार रुपैयाँ, दोस्रोलाई १८ हजार रुपैयाँ र तेस्रोलाई १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ ।

कवि विमल गुरुङका पिता पूर्णबहादुर गुरुङ

विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीनजनालाई ०८१ कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

पुस्तकालयका सञ्चालक एवं पुरस्कारका आयोजक पूर्वबहादुर गुरुङ पूर्वगोर्खा सैनिक हुन् । ०४८ सालमा उनका एकमात्र किशोरावस्थाका छोरा कवि विमल गुरुङको एमाले नेता मनमोहन अधिकारीको चुनाव प्रचारका लागि काठमाडौंबाट धरान जाँदा रात्रीबस दुर्घटनामा मृत्यु भएको थियो ।

पिता पूर्णबहादुरले छोराको स्मृतिमा धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरेर साहित्य क्षेत्रमा योगदान गरिरहेका छन् । वृद्धवस्थामा गुरुङको दैनिकी पुस्तकालयमै बित्ने गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ४ : २९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह