गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश « Khabarhub

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन उच्च अदालतले मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

समितिले पशुपति क्षेत्र विकास समिति र काडमाडौं महानगरपालिकासहित ११ वटा निकायविरुद्ध उच्चमा रिट दायर गरेको थियो ।

समितिले धर्मशालाबाट गैरकानुनी रूपमा निकाल्न खोजिएको दाबी रिट निवेदनमा गरेको छ ।  उच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : १६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ