गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश | Khabarhub Khabarhub

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन उच्च अदालतले मारवाडी सेवा समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्चका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि पशुपति धर्मशालाबाट नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

समितिले पशुपति क्षेत्र विकास समिति र काडमाडौं महानगरपालिकासहित ११ वटा निकायविरुद्ध उच्चमा रिट दायर गरेको थियो ।

समितिले धर्मशालाबाट गैरकानुनी रूपमा निकाल्न खोजिएको दाबी रिट निवेदनमा गरेको छ ।  उच्चले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : १६ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना