पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ « Khabarhub

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ‘मर्दा’ आफूलाई जुठो परेको टिप्पणी गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले पक्राउका लागि प्रहरीलाई अनुमति दिएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अहिलेलाई सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर,  मलाई  न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ,’ लामिछानेले फेसबुकमा लेखेका छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’

उनले सत्तारुढ दलहरूको दिनगिन्ती सुरू भएको खुशियालीमा आफूले कानुनलाई सघाउनेसमेत प्रतिबद्धता जनाएका छन् ।

‘ठिक छ, म तपाईँहरूको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरूवात तिमीहरूले गर्‍यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्ने छन्, छिट्टै गर्ने छन् ।’

लामिछानेलाई पक्राउ गर्न चमतीस्थित रास्वपा पार्टी कार्यालयलाई यतिखेर प्रहरीले घेरा हालेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ५ : ४८ बजे

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन