पक्राउ परेपछि रविले भने, ‘मैले कुनै अपराध गरेको छैन, राज्य म माथि खनियो’  « Khabarhub

पक्राउ परेपछि रविले भने, ‘मैले कुनै अपराध गरेको छैन, राज्य म माथि खनियो’ 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि अपराध नगरेको दाबी गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र शुभचिन्तकलाई छोटो सम्बोधन गर्दै लामिछानेले आफूमाथि पुरै राज्य खनिएको बताए ।

सभापति लामिछानेले भने, ‘अभियानको आसा भरोसामाथि  प्रहार भएको छ । म अदालती प्रक्रियालाई सम्मान गर्छु । तर राजनीतिक प्रतिरोधको हेक्का राख्छु । आदरणीय दाजुभाइ दिदी बहिनी मैले कुनै अपराध गरेको छैन । राज्यले सम्पूर्ण शक्ति लगाएर म विरुद्ध लागेको छ । म यसको डटेर सामना गर्छु ।’

रवि पार्टी कार्यालयको कार्यकक्षबाट ग्राउडमा निस्कँदा रवि दाइ हाइ हाइ भन्ने हुटिङ लागेको थियो ।

उनलाई हाल प्रहरीले पार्टी कार्यालय चमरीबाट पक्राउ गरेर पोखरा लगेको छ ।

रविलाई पक्राउ गरेपछि उपस्थित कार्यकर्ताले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ५८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर