पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी « Khabarhub

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड २७ लाख ६३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण –२ मा रहेको भुरुङ्ग–तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शूल्क, होटल तथा चिया पसल सञ्चालनका लागि विभिन्न होटलहरुले प्रतिस्पर्धा मार्फत क्रमशः  ५६ लाख २५ हजार तीन सय ७७ रुपैयाँ, २८ लाख ७६ हजार पाँच सय पाँच रुपैयाँ र दुई लाख ६१ हजार पाँच सय ५५ रुपैयाँमा आर्थिक वर्षको शुरुमै ठेक्का सम्झौता भएको थियो ।

अन्नपूर्ण –६ स्थित पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि ४० लाख एक सय रुपैयाँमा असोज अन्तिम हप्ता सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको उनले बताए ।

‘तीन तातोपानी कुण्डमा पहिलो सूचनामै ठेक्का परेको थियो,’ उनले भने ‘ ५५ लाख रुपैयाँ न्यूनतम आय अनुमान गरिएको पुनहिलमा तीन पटक सम्म सूचना प्रकाशन गर्दा समेत कसैको ठेक्का नपरेपछि आर्थिक वर्ष शुरु भएको तीन महिनापछि ४० लाख एक सय रुपैयाँमा सम्झौता गरिएको हो ।’

पुनहिल र भुरुङ्ग–तातोपानीको होटल हटस्पिरिङ, पाउद्धार तातोपानी कुण्ड कालीगण्डकी रुफटफ प्रा.ली. र रातोपानी कुण्ड होटल एभरेष्ट पोखरेबगरले ठेक्का लिएका हुन् । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय कर बापत हरेकलाई ३० हजार रुपैयाँ र सार्वजनिक जग्गा प्रयोग गरेबापत   ३६ हजार रुपैयाँ वाहलबटौली कर लिने गरेको छ ।

चालु आर्थिक वर्षमा एक करोड ७२ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रलाई मुख्य आयस्रोत बनाएको र पहिलो चौमासिकमै लक्ष्य नजिक पुगेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए।

मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।

घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।

अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने मौरिस हर्गोज पदमार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताए । पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ०७ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन