रवि पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी « Khabarhub

रवि पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले सांसद समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार नै पत्र लेख्दै सभामुख घिमिरेलाई जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’

लामिछानेलाई सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले पक्राउ अनुमति दिएसँगै शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको छ ।

लामिछानेलाई पक्राउ गरेपछि प्रहरीले आजै सडक बाटो हुदै पोखरा लैजाने बताएको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : १८ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका