पाँच मिनेटको अन्तरमा इंग्ल्याण्डले गर्‍यो तीन गोल, आयरल्यान्डमाथि पाँच शून्यको जित « Khabarhub

पाँच मिनेटको अन्तरमा इंग्ल्याण्डले गर्‍यो तीन गोल, आयरल्यान्डमाथि पाँच शून्यको जित

एउटै रातो कार्डले फेरेको इङ्गल्यान्डको आयरल्यान्डको भाग्य


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

लन्डन – १० खेलाडीमा सीमित पोल्यान्डविरुद्धमा पाँच मिनेटको अन्तरमा तीन गोल गरेपछि इङ्लिस टोली ५-० को फराकिलो जित हात पार्न सफल भएको छ।

आइतबार राति भएको युरोपेली नेसन्स कप फुटबल प्रतियोगिताको इंग्ल्याण्ड र गणतन्त्र आयरल्यान्डको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

५१ औ मिनेटमा कप्तान हेरी केनले दिएको बललाई इंग्ल्याण्डका जुड बेलिङघमले नियन्त्रणमा लिने बित्तिकै आयरल्यान्डका रक्षक लियाम स्केल्सले उनलाई फल गरेका थिए। त्यसपछि स्केल्सले रातो कार्ड पाए भने इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो। केनले सो पेनाल्टी अवसरलाई गोलमा परिणत गरे।

यो रातो कार्ड पाउनु अघि लियामले नेसन्स कपमा एकदमै राम्रो खेल प्रदर्शन गर्दै आएका थिए। हेलसिन्कीमा फिनल्यान्डसँग भएको खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। त्यसको २ मिनेट पछि नै एन्थोनी जोर्डनले शानदार भली मार्फत दोस्रो गोल गरे। त्यसको ३ मिनेटपछि कोनार गालाघरले इंग्ल्याण्डका लागि तेस्रो गोल गरे।

७४ औं मिनेटमा इंग्ल्याण्डले एकै पटक ३ परिवर्तन गरेको थियो। मोर्गान रोजर्स, ज्यारोड बोयन र डोमिनिक सोलान्के वैकल्पिक खेलाडीको रूपमा एकै पटक मैदान प्रवेश गरेका थिए। मैदान प्रवेश गरेको ३० सेकेन्डमा नै गोल्डेन टचको रूपमा बोयनले चौथो गोल गरे।

त्यसको अर्को मिनेटमा नै टेलर हरवार्ड बेलिसले अर्को गोल गरे। जितपछि इंग्ल्याण्ड र ग्रिस दुवैको ६ खेलमा १५ अङ्क भएको छ। राम्रो गोल अन्तरको आधारमा इंग्ल्याण्ड पहिलो स्थानमा छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : ४९ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको