लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति « Khabarhub

लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन्। मस्कोको साथ दिनका लागि उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि यो सन्देश दिइएको अमेरिकी सेना निकट श्रोतले जनाएको हो। दक्षिणी रुसी क्षेत्र र्कस्कमा अहिले ५० हजार उत्तर कोरियाली सेना रहेको अनुमान गरिएको छ। सोही स्थानमा गत वर्ष युक्रेनले प्रत्याक्रमण स्वरूप आक्रमण सुरु गरेको थियो।

भविष्यमा हुने शान्ति वार्तालाई ध्यानमा राख्दै रुस र्कस्क क्षेत्र आफ्नो पकडमा राख्न चाहन्छ। अमेरिका सो क्षेत्र रुसमा पुगेको ठिक ठान्दैन। सम्भव भएसम्म र्कस्कलाई जोगाउन अमेरिकाले सहयोग गर्न खोजेको देखिन्छ।

अमेरिकाको यो सन्देश आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्नका लागि हो। अहिले युक्रेनलाई सहयोग गर्ने सवालमा अमेरिकीकै मत विभाजित छ। केही अमेरिकी निरन्तर सहयोगको पक्षमा छन् भने कोही यसरी सहयोग जारी राख्नु आवश्यक नरहेको भन्ने ठहर गर्न थालिसकेका छन्।

बाइडेनले यो मिसाइल फेब्रुअरी महिनामा तयार पारी सकेका थिए। अप्रिल महिनामा यो युक्रेनलाई हस्तान्तरण गरिएको हो। जेलेन्सकीले पहिलेदेखि नै युद्धमा एउटा मोमेन्टमकै लागि पनि सो हतियार रुसी भूमिका प्रयोग गर्न अनुमति खोजिरहेका थिए। श्रोतका अनुसार सेप्टेम्बर महिनामा बाइडेन र जेलेन्सकीको बिचमा भेट भएको थियो। सोही भेटमा जेलेन्सकीले रुसमा आक्रमण गर्न चाहेको कुरा बताएका थिए। उनले बाइडेनसँगको भेटमा युद्धको अवस्थाका बारे विस्तृत जानकारी गराएका थिए।

केही दिन यता जेलेन्सकी र बाइडेनको बिचमा वर्तमान अवस्थाका बारे धेरै सल्लाह भएका छन्। सेप्टेम्बर महिनामा नै पश्चिमा देशले घातक हतियार प्रयोग गरे आफूहरूले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए। रुसलाई बेलायत र अमेरिकाले संयुक्त रूपमा रुसमा मिसाइल प्रयोग गर्न अनुमति दिने सम्भावना देखिएपछि रुसले यो चेतावनी दिएको हो।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ०४ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज