इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए « Khabarhub

इजरायली आक्रमणमा हिजबुल्लाहका सञ्चार प्रमुख मारिए


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

लेबनान – बेरुतमा भएको इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफ मारिएका छन्। यो घटनालाई हिजबुल्लाहले नै पुष्टि गरिसकेको छ।

लेबनानको सञ्चार माध्यममा जनाइए अनुसार आइतबार बाक्लो घनत्व रहेको रास अल नाबाको छिमेकमा बाथ राजनीतिक दलको कार्यालयमा आक्रमण भएको थियो।

सोही आक्रमणमा चार जनाको ज्यान गएको हो। बाथ पार्टी सिरियाको हो। यसको लेबनानमा धेरै शाखा छन्। लेबनानमा भएका धेरै शाखामा आइतबार एकै पटक आक्रमण गरेर संरचना नै ध्वस्त पारिएका थिए ।

अफिफ सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने हिजबुल्लाहका विरलै नेता मध्य एक हुन। एक साता अघि मात्र उनले सार्वजनिक कार्यक्रममा प्रस्तुत भएर हिजबल्लाहको कार्यक्रमको बारे जानकारी गराएका थिए। बाथ पार्टी वर्तमान राष्ट्रपति बसार अल असरको नेतृत्वमा छ। सो दल हिजुबल्लाहको साथमा नै सत्तामा पुगेको हो।

आइतबार नै इजरायलले लेबनानमा अर्को आक्रमण पनि गरेको थियो। सो आक्रमणमा दुई जनाको ज्यान गएको थियो।

आइतबार बिहान इजरायली डिफेन्स फोर्सले हिजबुल्लाहको ६ केन्द्रमा निसाना बनाइएको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयको दाबी अनुसार गत लेबनानमा इजरायलले गरेको आक्रमणमा ३४ सय जनाको ज्यान गएको छ भने १२ लाख विस्थापित भएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ०५ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६