माओवादी पदाधिकारी बैठक स्थगित « Khabarhub

माओवादी पदाधिकारी बैठक स्थगित


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त रहने भएकाले बैठक स्थगित गरिएको जनाइएको छ ।

अध्यक्ष प्रचण्ड पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा व्यस्त रहने भएकाले बैठक स्थगित गरिएको उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विषयमा छलफल गर्ने तयारी थियो । आज स्थगित भएको बैठक मंसिर ४ गते बस्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १० : ४७ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६