‘नेपाल–चीन सम्बन्ध जनस्तरमा विस्तार आवश्यक’  « Khabarhub

‘नेपाल–चीन सम्बन्ध जनस्तरमा विस्तार आवश्यक’ 


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा रहेका पोखरेलले आइतबार हुबेई  प्रदेश जनसरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताको तहमा सम्बन्ध विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध वृद्धि आवश्यक रहेको बताए ।

चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच गहिरो ऐतिहासिक सम्बन्ध छँदैछ । अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी छ’, उनले भने ।

हुबेई  प्रदेश जनसरकारका गभर्नर तथा चिनियाँ कम्युनिष्ट पार्टी हुबेई  प्रदेश पार्टीका महासचिव वाङ जोङलिङले चीन र नेपालबीचको सम्बन्ध राम्रो र भविष्य उज्ज्वल रहेको चर्चा गर्दै सहयोग आदानप्रदानका अनेक क्षेत्र रहेको बताए ।

साथै हुबेई विश्वविद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंसनीय रहेको उल्लेख गर्दै चीनमा नेपाली विद्यार्थीले अध्ययन र विज्ञता हासिल गर्ने अनुकूल वातावरण बन्ने अपेक्षा गरे ।

विश्वविद्यालयका उपाध्यक्ष ल्यु चिहङले वैज्ञानिक शिक्षा विस्तारमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ११ : ०६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले