एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै | Khabarhub Khabarhub

एनआईसी एसियाले ४ कम्पनीको सेयर बिक्री गर्दै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३१ करोड रुपैयाँ बराबरको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

 बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र निफ्राको ९ लाख ६५ हजार कित्ता गरी कुल १९ लाख ६० हजार ६३० कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ ।  

उल्लेखित सबै कम्पनीको सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद गर्न आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर सङ्ख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

बैंकको अनुसार सीआईटीको ७७९ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २९७ रुपैयाँ, सूर्यज्योति लाइफको १७८ रुपैयाँ र निफ्राको १०१ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।  यी कम्पनीको  सेयर बिक्रीबाट बैंकले न्यूनतम ३१ करोड ९ लाख १ हजार ९३५ रुपैयाँ आम्दानी गर्नेछ । 

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।  

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : १७ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ