प्रधानमन्त्रीलगायत नेताहरूद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण « Khabarhub

प्रधानमन्त्रीलगायत नेताहरूद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त  गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए।

‘नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उनले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ’, उनले भने।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्‍टि गर्ने निर्णय गरेको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ४६ बजे

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं– ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ

विज्ञको प्रश्न : घातक निपाह भाइरस रोक्न नेपालले ढिलाइ त गरिरहेको छैन ?

भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्य प्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं– अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै

अमरेशको दाबी : जीवनकै सबैभन्दा धेरै अन्तरले जित्छु, रास्वपाले १६० सीट ल्याउँछ

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार