‘पूर्वसभामुख ढुंगानाले पुर्‍याएको योगदान इतिहासमा लेखिने छ’ « Khabarhub

‘पूर्वसभामुख ढुंगानाले पुर्‍याएको योगदान इतिहासमा लेखिने छ’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने  जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै उनले पुर्‍याएको योगदानको उच्च मूल्यांकन हुने आयोगले विश्वास लिएको उल्लेख छ ।

आयोगले भनेको छु, ढुंगानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको छ । नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि पुर्याएको योगदानको आयोग कदर गर्दछ ।’

ढुंगानाले मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा  आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुंगानाको आत्माको चीर शान्तिको कामना गरेको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया