श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण « Khabarhub

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् ।

 दिसानायकेको उक्त  मन्त्री परिषदमा २१ जना मन्त्रीहरू रहेको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो । दिसानायकले सेप्टेम्बर–२१ को राष्ट्रपति चुनाव जितेपछि हरिनी अमरसुरिया र विजिता हेराथको सामायोनमा मन्त्रिमण्डल निर्माण गरेका छन् ।

नयाँ मन्त्री परिषदमा नोभेम्बर–१४ को संसदीय चुनावमा निर्वाचित नेशनल पिपुल्स पावर (एनपीपी) का १५९ संसद् मध्येबाट नयाँ मन्त्रीहरू चुनिएको जनाइएको छ ।  

 श्रीलंकामा समानुपाती प्रतिनिधित्व प्रणाली लागु भएपछि संसदमा कुनै राजनीतिक पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो पटक हो । नयाँ मन्त्रीमण्डलमा अमरसूरियालाई प्रधानमन्त्री र हेराथलाई विदेश मामिला, विदेश रोजगार र पर्यटन मन्त्रीको रूपमा पुनः नियुक्त गरिएको छ ।  

नयाँ मन्त्रीमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकले श्रीलंकाको राजनीतिक र आर्थिक मार्ग परिवर्तन गर्न जनताले सेप्टेम्बर र नोभेम्बरमा लगातार दुईपटक एनपीपीलाई मतदान गरेको उल्लेख गरेका छन् ।  

जनताले एनपीपीको नीति र पार्टी सदस्यहरूको अखण्डताको आधारमा विश्वास गरेको बताउँदै उनले आगामी दिनमा जनताको सरकारको रूपमा काम गर्ने जनाएका छन्।  

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : १२ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ