दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास « Khabarhub

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ ।

आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार विधिपूर्वक पूजा गरेर शिलान्यास गरेका हुन् ।

यो होटेल २५ तले संरचनासहितको हुने छ । यो होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइनेछ ।

होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् । यो होटेललाई वि.सं. २०८५ देखि सञ्चालन तयारी गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।

यसअघि सञ्चालनमा रहेको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णलाई भत्काएर अत्याधुनिक नयाँ होटल बनाउन लागिएको हो।

यसअघि नै भाटभटेनीका मालिक मीनबहादुर र लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठसहितको समूहले होटलको बहुमत सेयर किनेका थिए । त्यसपछि यस होटललाई अन्नपूर्ण स्क्वायर नाम दिइएको हो । नयाँ ब्राण्डिङसहित यस होटलमा भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकमलाई ल्याइएको छ ।

शिलान्यासका क्रममा गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने योजना सुनाए । यस होटललाई नेपालकै लक्जरी आतिथ्यतासहितको बनाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : २४ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२