फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी ‘ट्रु डर्मा’ « Khabarhub

फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी ‘ट्रु डर्मा’


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एउटा नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी ‘ट्रु डर्मा’ नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।

फोर्ब्स इन्डियाको प्रतिष्ठित डिग्लोबलिस्ट डिजेम्स सन्‌ २०२४ को २०० सूचीमा उत्कृष्ट कम्पनीहरूमा ‘ट्रु डर्मा’ नेपाली स्किनकेयर ब्राण्ड परेको हो ।

प्रतिष्ठित सूचीमा रहेको ‘ट्रु डर्मा’ एक अग्रणी नेपाली स्किनकेयर ब्राण्ड हो । जसले भारतको प्रतिस्पर्धात्मक बजारमा एक विशेष स्थान बनाउन सफल भएको छ।
सुशान्त मुरार्काद्वारा स्थापित र दीपक जयसवालको सह-स्थापनामा बनेको ‘ट्रु डर्मा’ले नेपाली कम्पनीले भारतको बजारमा प्रवेश गरिसकेको छ ।

भारतमा आफ्नो उपस्थिति मजबुत बनाएकाले यसलाई ऐतिहासिक उपलब्धि हासिल गरेको मान्न सकिने नेपाली कम्पनी ‘ट्रु डर्मा’ नेपाली स्किन केयरले बताएको छ । नेपाली कम्पनीको प्रतिनिधित्व ‘ट्रु डर्मा’को यात्रा नेपाली उपभोक्ताहरूमाझ विशेष पहिचान बोकेर बसेको दाबी छ ।

शरीरको मुलायम अंग छालालाई संरक्षण गर्ने वस्तु उत्पादन गरेको थियो । गुणस्तर र ग्राहक केन्द्रितता वस्तु उत्पादन गरेको थियो ।

मुरार्का र जयसवालले आफ्नो उत्पादनलाई भारतीय बजारमा विस्तार गरिसकेका छन् । भारतीय उपभोक्ताको रुची बुझ्दै र डिजिटल मार्केटिङलाई सही ढंगले उपयोग गर्दै, ‘ट्रु डर्मा’ले सफलतापूर्वक प्रवेश गरिसकेको छ ।

तर यसलाई विश्वासिलो ब्राण्डको रूपमा स्थापित पनि भयो । भारतमा ठूलो सफलता रणनीतिक प्रक्षेपणदेखि अमेजनजस्ता प्लेटफर्महरूमा लोकप्रियता हासिल गरिसकेको छ ।

सामाजिक सञ्जालहरूमा चर्चित व्यक्तिहरूको समर्थनको उपयोग गरेर ‘ट्रु डर्मा’ले एक नेपाली कम्पनी विदेशी बजारमा विस्तार गर्न सफल भएको छ ।

‘यो उपलब्धि नेपाली उद्यमशीलतालाई विश्वभर फैलाउने अवसरको रुपमा लिइन्छ’ मुरार्काले भने ‘ऐतिहासिक उपलब्धि ‘ट्रु डर्मा’को डिग्लोबलिस्ट डिजेम्स २०० मा समावेश हुनु यसको संस्थापकहरूको दूरदृष्टि, दृढता रहेको छ ।’

उद्यमशील व्यक्तिहरूको लागि प्रेरणा स्रोत बन्न सक्ने र योजना र नवीनतासँग स्थानीय ब्राण्डहरूले विश्वव्यापी पहिचान प्राप्त गर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।

दुई नेपाली युवा मुरार्का र जयसवालले नेपाललाई अन्तर्राष्ट्रिय बजामा चिनाएका छन् । कम्पनीलाई नयाँ उचाइमा पुर्‍याएका छन् । नेपाली उद्यमशीलताको शक्ति विश्वव्यापी रूपमा प्रदर्शन गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ०६ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६