प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै « Khabarhub

प्रभु केबलकारले ३० करोडको आईपीओ ल्याउँदै


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु ग्रुपको स्वामित्वमा रहेको प्रभु केबलकारको सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन हुने भएको छ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको काम कम्पनीले अगाडि बढाएको छ । 

उक्त केबलकारमा प्रभु ग्रुप्स एण्ड कम्पनिज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इन्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानी रहेको छ । 

प्रभु केबलकारको लगानीमा तीनवटा केबलकार परियोजनाहरू अगाडि बढेका छन् । जसमध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबलकार परियोजना गत असोजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

उक्त केबलकारमा ७५ भन्दा बढी व्यक्तिले यात्रा गरिसकेको कम्पनीले जनाएको छ । यो केबलकार बुटवलस्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । 

यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा ५ करोड रुपैयाँभन्दा बढि मुनाफा आर्जन गरेको कम्पनीले जानकारी दिएको छ । प्रभु केबलकारको आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल