अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता  « Khabarhub

अमेरिका र फिलिपिन्सद्वारा सैन्य जानकारी आदान प्रदान गर्ने सम्झौता 


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।   

अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गरेका हुन् भने राष्ट्रपति फर्डिनान्ड मार्कोस  पनि यस सम्झौतामा सहभागी रहेको जनाइएको छ ।  

सैन्य सूचना सम्झौताले वर्गीकृत जानकारी आदान प्रदान गर्ने अनुमति दिई प्रविधिहरूको बिक्रीलाई सुव्यवस्थित गर्ने अधिकारीहरूले  बताएका छन् । 

यसै गरी फिलिपिन्सको रक्षा मन्त्रालयले उक्त दस्तावेजलाई फिलिपिन्स र अमेरिकाबीच सूचना साझेदारी बढाउने महत्वपूर्ण कार्य भएको जनाएको  छ ।  

मार्कोस सरकारले दक्षिण चीन सागरको अधिकांश भूभागमा बेइजिङको क्षेत्रीय दाबीको विरुद्धमा पछाडि धकेलेको छ भने राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प कार्यालयमा फर्कने तयारीमा छन् ।

चीनले आफ्नो दाबीको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय फैसला खारेज गरी सेना र तट रक्षक जहाजहरू तैनाथ गरेको छ । यसै गरी मनिलाले आफ्ना जहाजहरूलाई दबाबमा पारी पानी ,केही चट्टान र टापुहरूमा पहुँचविहीन गराएको बताएको छ ।

यसले हिंसात्मक भिडन्त निम्त्याउँदा विगत १८ महिनामा  कैयाै   फिलिपिनो कर्मचारीहरू घाइते हुनुका साथै उनीहरूका जहाजमा क्षति पुगेको जनाइएको छ ।

यसले फिलिपिन्ससँगको आपसी रक्षा सन्धिको कारण संयुक्त राज्य अमेरिका सशस्त्र द्वन्द्वमा पर्न सक्ने चिन्तालाई बढाएको छ । फिलिपिन्सको रक्षा मन्त्रालयले अस्टिनले मंगलबार पश्चिमी टापु पलावनको भ्रमण गर्ने र दक्षिण चीन सागरमा गस्ती र रक्षाका लागि जिम्मेवार फिलिपिन्सका सेनाहरूसँग बैठक गर्ने बताएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ५ : १३ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार