आइतबार ‘ह्रस्व दीर्घ’को व्यापारमा झिनो गिरावट « Khabarhub

आइतबार ‘ह्रस्व दीर्घ’को व्यापारमा झिनो गिरावट


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कलाकारको अभिनय रहेका कारण चर्चामा बटुलेको फिल्म ‘ह्रस्व दीर्घ’ले सुरुवाती दिनमा सुखद व्यापार गरेको छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार सुरुवाती तीन दिन शुक्रबार, शनिबार र आइतबारमा यस फिल्मले २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको हो ।

वितरक मनोज राठीका अनुसार शुक्रबार फिल्मले ८० लाख, शनिबार १ करोड २० लाख र आइतबार ७५ लाखको व्यापार गरेको हो ।

अर्थात् फिल्मले सुरुवाती तीन दिन मध्ये आइतबार सबैभन्दा कम व्यापार ७५ लाख मात्रै गरेको हो ।

सोमबार (आज) सार्वजनिक बिदा भएकाले अकुपेन्सी उच्च रहेको राठीको भनाइ छ । उनी भन्छन्, ‘बिदाले गर्दा हलमा दर्शकको चाप उच्च देखिएको छ ।’

चन्द्र पन्त निर्देशित यस फिल्ममा भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय छ ।

त्यस्तै, नेपाली कलाकारहरूमा हरिहर अधिकारी, नीति ढुंगाना, सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल, रेखा थापालगायतको अभिनय छ ।

नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माता नीता स्वयम् हुन् । कथा भने हरिहरको हो । फिल्मको लगानी ६ करोड रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५