‘ह्रस्व दीर्घ’का दर्शकमाझ भारतीय अभिनेता रावत (तस्बिरहरू) | Khabarhub Khabarhub

‘ह्रस्व दीर्घ’का दर्शकमाझ भारतीय अभिनेता रावत (तस्बिरहरू)


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार रिलिज भएको नेपाली कथानाक चलचित्र ‘हृश्वदीर्घ’का भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् ।

उनी नेपाल आएलगत्तै ‘ह्रस्व दीर्घ’का दर्शकसँग संवाद गर्न जुटेका छन् ।

चर्चित बलिउड फिल्म ‘गजनी’का खतरनाक भिलेन उनले सोमबार बिग मुभिजमा पुगेर दर्शकसँग संवाद गरे । रावतले पत्रकारलाई अन्तर्वार्ता पनि दिए ।

‘हृश्व दीर्घ’मा महामहन्तको भूमिका निर्वाह गरेका उनी श्रीमती कल्याणीसँगै नेपाल आएका हुन् । रावतले नेपालका अन्य सहरमा पनि गएर दर्शकसँग अन्तर्क्रिया गर्ने भएका छन् ।

नीता ढुंगाना र हरिहर अधिकारी अभिनित चलचित्र ‘हृश्व दीर्घ’ मा अन्य अभिनेता ब्रह्मानन्दन, सुनिल बर्मा, मोहम्मद अलीसहितको अभिनय छ ।

वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार सुरुवाती तीन दिन शुक्रबार, शनिबार र आइतबार यस फिल्मले २ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३३ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक