आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने « Khabarhub

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

तनहुँमुग्लिङ–पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।

पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने भएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनीलाई अनुरोध गरेको छ । मङ्सिर ३ गते सोमबारदेखि मङ्सिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ । 

राती १ बजेदेखि १.३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वीसडक खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। उनका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमि दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमि सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ । 

उक्त अवधिभर अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधनका लागि सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रहरीका  प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। 

‘आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइनेछ,’ उनले भने ‘यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।’

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : ३२ बजे

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल

आदर्श कप फुटबल प्रतियोगिताको उपाधि होराइजन क्लब वालिङ्गलाई

कास्की– स्याङ्जाको होराइजन क्लब वालिङ्गले २६औँ आदर्श कप फुटबल प्रतियोगिता

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन