अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने « Khabarhub

अमेरिकालाई जर्मनीको झट्का, युक्रेनलाई लामो दूरीको मिसाइल नदिने


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री भागसम्म लामो दूरीको मिसाइल हान्ने अनुमति आइतबार युक्रेनलाई दिए ।

राष्ट्रपति पद सकिने समयमा बाइडेनले दुई वर्षदेखि जारी युद्धमा युक्रेनको पक्षमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । अमेरिकाको उक्त निर्णयपछि बेलायत र फ्रान्सले पनि युक्रेनलाई लामो दूरीको मिसाइल दिने बताएका थिए ।

तर रसियासँग युद्ध गरिरहेको युक्रेनलाई सघाउने कुरामा अमेरिकापछिको बलियो साझेदार जर्मनीले भने लामो दूरीको मिसाइल नदिने भएको छ।

जर्मन सरकारका प्रवक्ताले उनको देश युक्रेनलाई लामो दूरीको मिसाइल नदिने पुरानै अडानमा यथावत रहेको बताएका छन् ।

जर्मन सरकारका प्रवक्तासँग सोधिएको प्रश्नमा उनले अमेरिकाले लामो दूरीको मिसाइल दिने निर्णय गरेपछि पनि आफूहरू पुरानै अडानमा रहेको बताए ।

जर्मन सरकारका प्रवक्ताले भने, ‘चान्सलरले पुरानो निर्णयमा कुनै परिवर्तन गर्नु भएको छैन, हामी लामो दूरीको मिसाइल दिँदैनौँ।’

अमेरिकापछि जर्मनी युक्रेनलाई दोस्रो ठूलो सैन्य सहयोग दिने देश हो । तर जर्मनीका चान्सलर ओलाफ शोल्त्सले युक्रेनलाई जर्मनीमा निर्मित लामो दूरीको टोरस मिसाइल नदिने निर्णय गरेका हुन् ।

अघिल्लो साता जर्मन चान्सलर ओलाफ शोल्त्स र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा वार्ता भएपछि विवाद चलिरहेको छ । युक्रेनले यस संवादप्रति आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : १३ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा