‘पुष्पा– २’को ट्रेलरको भ्युज : २४ घण्टामै १० करोड नजिक « Khabarhub

‘पुष्पा– २’को ट्रेलरको भ्युज : २४ घण्टामै १० करोड नजिक


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- आगामी डिसेम्बर ५ बाट दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ प्रदर्शनमा आउँदै छ । फिल्ममा तेलगु नायक अल्लु अर्जुन र नायिका रश्मिका मन्दन्ना केन्द्रीय भूमिकामा छन् ।

पहिलो श्रृङ्खला अत्यधिक रुचाइएकाले यसलाई बहुप्रतिक्षित फिल्मका रुपमा लिने गरेको छ । ट्रेलरलाई दर्शकले दिएको साथले पनि यो कुरा प्रष्ट भएको छ ।

सार्वजनिक भएको सुरुवाती २४ घण्टामा युट्युबमा ट्रेलर ९ करोड ८० लाखभन्दा बढी भ्युज पाएको छ । उक्त भ्युज हिन्दी र तेलगु भाषाका दुई ट्रेलरको हो ।

२४ घण्टा हिन्दी भाषाको ट्रेलरले ५ करोड ३० लाख र तेलगु भाषाको ट्रेलरले ४ करोड ५० लाख भ्युज पाएको हो ।

ट्रेलरलाई दर्शकहरुले रुचाइएको पाइएको छ । यो पटक अल्लु अर्जुनको संवाद ‘वाइल्ड फायर’ले दर्शकले मन जितेको युट्युबको कमेन्ट थाहा पाउन सकिन्छ । धेरैले सोही संवाद कमेन्ट बक्समा लेखेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर