एनसेल उत्कृष्ट करदाता, ललितपुर महानगरले गर्‍यो सम्मान « Khabarhub

एनसेल उत्कृष्ट करदाता, ललितपुर महानगरले गर्‍यो सम्मान


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ। गत आर्थिक वर्षमा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए।

सबै भन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ।

‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नुभएको यो सम्मानका लागि हामी कृतज्ञ छौं। एक ठूलो करदाताका रुपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजश्वमा ठूलै योगदान गछौं र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरुपमा योगदान गर्न पाउँदा हामी गौरवान्भित छौं र यो कार्यले निरन्तरता पाउने कुरामा म विस्वश्त छु,’ कायुमोभले भने।

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : १५ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम