चितवनका बोपारा : एनपीएलमा ३ अर्धशतक बनाउने एक्ला ब्याटर, धेरै रन पनि « Khabarhub

चितवनका बोपारा : एनपीएलमा ३ अर्धशतक बनाउने एक्ला ब्याटर, धेरै रन पनि


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा तीन अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी बनेका छन् चितवन राइनोजका रवि बोपारा ।

बुधबार भएको एलिमिनेटर प्रतिस्पर्धामा बोपाराले कर्णाली याक्सविरुद्ध तेस्रो अर्धशतक पूरा गरेका हुन् । उक्त खेलमा उनले ३४ बलमा ४ छक्का र ३ चौका मद्दत ५३ रन जोडे ।

यसअघि बोपाराले लिग चरणको खेलमा कर्णालीविरुद्ध नै दोस्रो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले अविजित ५९ रन जोडेका थिए ।

बोपाराले जारी प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५१ रन जोडेका थिए ।

दुई अर्धशतक प्रहार गर्ने खेलाडीहरूको सूचीमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र कर्णालीका विलियम बिसिस्टो पनि छन् ।

यससँगै प्रतियोगितमा सबैभन्दा बढी रन बनाउने पनि बोपारा नै बनेका छन् । उनले लुम्बिनीका कप्तान रोहित पौडेललाई पछि पार्दै सबैभन्दा बढी रन जोड्ने ब्याटर बनेका हुन् ।

रोहितले लिग चरणको ७ खेलमा दुई अर्धशतकसहित २७९ रन बनाएका थिए । बोपाराले लिग चरणको सात र एलिमिनेटरको एक खेलमा गरी जम्मा ८ खेलमा २८६ रन जोडेका हुन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ३४ बजे

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा