चितवनका बोपारा : एनपीएलमा ३ अर्धशतक बनाउने एक्ला ब्याटर, धेरै रन पनि | Khabarhub Khabarhub

चितवनका बोपारा : एनपीएलमा ३ अर्धशतक बनाउने एक्ला ब्याटर, धेरै रन पनि


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा तीन अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी बनेका छन् चितवन राइनोजका रवि बोपारा ।

बुधबार भएको एलिमिनेटर प्रतिस्पर्धामा बोपाराले कर्णाली याक्सविरुद्ध तेस्रो अर्धशतक पूरा गरेका हुन् । उक्त खेलमा उनले ३४ बलमा ४ छक्का र ३ चौका मद्दत ५३ रन जोडे ।

यसअघि बोपाराले लिग चरणको खेलमा कर्णालीविरुद्ध नै दोस्रो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले अविजित ५९ रन जोडेका थिए ।

बोपाराले जारी प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५१ रन जोडेका थिए ।

दुई अर्धशतक प्रहार गर्ने खेलाडीहरूको सूचीमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र कर्णालीका विलियम बिसिस्टो पनि छन् ।

यससँगै प्रतियोगितमा सबैभन्दा बढी रन बनाउने पनि बोपारा नै बनेका छन् । उनले लुम्बिनीका कप्तान रोहित पौडेललाई पछि पार्दै सबैभन्दा बढी रन जोड्ने ब्याटर बनेका हुन् ।

रोहितले लिग चरणको ७ खेलमा दुई अर्धशतकसहित २७९ रन बनाएका थिए । बोपाराले लिग चरणको सात र एलिमिनेटरको एक खेलमा गरी जम्मा ८ खेलमा २८६ रन जोडेका हुन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ३४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग