मलखाद र सिँचाईलगायत समस्या समाधान गरिदिन सरकारलाई ज्ञापन पत्र « Khabarhub

मलखाद र सिँचाईलगायत समस्या समाधान गरिदिन सरकारलाई ज्ञापन पत्र


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रौतहट– मलखाद सिँचाई लगायत किसानहरूको विभिन्न समस्या समाधानको लागि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले रौतहटका सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

किसान महासंघ (क्रान्तिकारी) का जिल्ला इन्चार्ज एवं केन्द्रीय स्थायी समिति सदस्य रामविनय कुमार यादवको नेतृत्वमा गएको टोलीले सिडियो हिरालाल रेग्मीमार्फत नेपाल सरकार, स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन १८ बुन्दे ज्ञापन पत्र बुझाएको हो।

कृषि प्रधान देश नेपालको आर्थिक विकासमा कृषकको सर्वाधिक योगदान रहेको र देशको आर्थिक सामाजिक शान्ति सुव्यवस्था समेतमा किसानको सहभागिता छ तर किसानको उचित मूल्याँकन सहित कृषी पेसालाई मर्यादित एवं विकासमूलक बनाई देशको सर्वागिण विकासलाई प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

खेती किसानी गर्ने किसानलाई पेसाबाट उठीबास बनाई अपहेलित बनाई, कृषक लाई तिरस्कार भइरहेको अवस्थामा पेसाबाट पलायन हुनबाट रोक्न सम्बधित निकायको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन बाध्य भएको जिल्ला इन्चार्ज  यादवले बताएका छन्।

सरल तथा शुलभ दररेटमा  मलको नियमित आपूर्ती व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री संस्थान-साल्टट्रेडिंग कर्पोरेशन तथा स्थानीय सरकारको समन्वयमा उचित दरमा  विक्री वितरण गर्नुपर्ने, स्थानीय पसलमा प्रति बोरा ३५०० मा विक्री गर्ने विचौलिया वा दोषि संघ संस्थाको अनुमति खारे गर्नुपर्ने, किसानको बालीमा, बदेल, हात्ती निलगाई घोडसमया आदी वन्यजन्तुबाट हुने क्षतिको नियन्त्रण गर्नुपर्ने लगायत माग रहेको १८ बुँदे माग राखेर ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्र सम्बन्धमा यथाशीघ्र सम्बोधन नभएमा किसानहरू चरणबद्ध आन्दोलनमा होमिने जिल्ला अध्यक्ष भगतनारायण यादवले चेतावनी दिएका छन्।

ज्ञापन पत्र बुझाउने टोलीमा जिल्ला अध्यक्ष भगतनारायण यादव, केन्द्रीय सदस्य हिरा थापा र जिल्ला सचिव नरेन्द्र झा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ५५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक