मलखाद र सिँचाईलगायत समस्या समाधान गरिदिन सरकारलाई ज्ञापन पत्र « Khabarhub

मलखाद र सिँचाईलगायत समस्या समाधान गरिदिन सरकारलाई ज्ञापन पत्र


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रौतहट– मलखाद सिँचाई लगायत किसानहरूको विभिन्न समस्या समाधानको लागि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले रौतहटका सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

किसान महासंघ (क्रान्तिकारी) का जिल्ला इन्चार्ज एवं केन्द्रीय स्थायी समिति सदस्य रामविनय कुमार यादवको नेतृत्वमा गएको टोलीले सिडियो हिरालाल रेग्मीमार्फत नेपाल सरकार, स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन १८ बुन्दे ज्ञापन पत्र बुझाएको हो।

कृषि प्रधान देश नेपालको आर्थिक विकासमा कृषकको सर्वाधिक योगदान रहेको र देशको आर्थिक सामाजिक शान्ति सुव्यवस्था समेतमा किसानको सहभागिता छ तर किसानको उचित मूल्याँकन सहित कृषी पेसालाई मर्यादित एवं विकासमूलक बनाई देशको सर्वागिण विकासलाई प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

खेती किसानी गर्ने किसानलाई पेसाबाट उठीबास बनाई अपहेलित बनाई, कृषक लाई तिरस्कार भइरहेको अवस्थामा पेसाबाट पलायन हुनबाट रोक्न सम्बधित निकायको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन बाध्य भएको जिल्ला इन्चार्ज  यादवले बताएका छन्।

सरल तथा शुलभ दररेटमा  मलको नियमित आपूर्ती व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री संस्थान-साल्टट्रेडिंग कर्पोरेशन तथा स्थानीय सरकारको समन्वयमा उचित दरमा  विक्री वितरण गर्नुपर्ने, स्थानीय पसलमा प्रति बोरा ३५०० मा विक्री गर्ने विचौलिया वा दोषि संघ संस्थाको अनुमति खारे गर्नुपर्ने, किसानको बालीमा, बदेल, हात्ती निलगाई घोडसमया आदी वन्यजन्तुबाट हुने क्षतिको नियन्त्रण गर्नुपर्ने लगायत माग रहेको १८ बुँदे माग राखेर ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्र सम्बन्धमा यथाशीघ्र सम्बोधन नभएमा किसानहरू चरणबद्ध आन्दोलनमा होमिने जिल्ला अध्यक्ष भगतनारायण यादवले चेतावनी दिएका छन्।

ज्ञापन पत्र बुझाउने टोलीमा जिल्ला अध्यक्ष भगतनारायण यादव, केन्द्रीय सदस्य हिरा थापा र जिल्ला सचिव नरेन्द्र झा लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : ५५ बजे

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय