पुस १३ देखि पोखरा सडक महोत्सव « Khabarhub

पुस १३ देखि पोखरा सडक महोत्सव


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

महोत्सवका संयोजक विकास भट्टराईले महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेशभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार लगाएका कार्यक्रम हुने बताए ।

पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने उनले बताए । स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्याउन यसअघिका महोत्सवले मद्दत गरेको र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको रेबान पोखराले जनाएको छ । नेपालमा आउने विदेशी पर्यकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ३ : ४१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको