विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने : खानेपानीमन्त्री « Khabarhub

विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने : खानेपानीमन्त्री


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने बताएका छन् ।

‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा आज धुलिखेलमा आयोजित कार्यशालामा उनले आगामी एक साताभित्र विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्ने गरी प्रक्रिया प्रारम्भ भएको बताए।

‘गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुनेबित्तिकै गृह मन्त्रालयले बनाएको पुनर्निर्माण कार्यविधि मन्त्रिपरिषद्मा पेस भई निर्णय भइसकेको छ, क्याबिनेटको विधायन समितिमा विचाराधीन उक्त कार्यविधि आगामी एक साताभित्रमा निर्णय भई पुनःक्याबिनेट बैठकले अनुमोदन गरेपछि पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्छ’, मन्त्री यादवले भने।

मन्त्री यादवले पुनर्निर्माणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर रूपमा लिनुभएको उल्लेख गर्दै सरकारले आफूसँग भएको स्रोत–साधन परिचालन गरी पुनर्निर्माण गर्ने बताए।

मन्त्री यादवले विशेष गरी खानेपानीको संरचनामा भएका क्षतिबारे आफूले स्थलगत निरीक्षण गरेको बताउँदै स्थानीय तहले जिम्मा लिई हाल पुनर्निर्माण गर्न नसक्ने अवस्थामा रहे खानेपानी मन्त्रालयले पुनर्निर्माण गर्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यत्रय कञ्चनचन्द्र वादे श्रेष्ठ, रत्न ढकाल र लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, रोशी गाउँपालिकाका प्रमुख दिनेश लामालगायतले जाडो याममा नागरिकले कष्टकर जीवन बिताउनुपरेकाले विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तत्काल थाल्नुपर्ने विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : ५३ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने