नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस् « Khabarhub

नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस्


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर आएकाे गलत सूचनाको पछि नलाग्न आग्रह गरेको छ ।

टेलिकमले आधिकारिक लोगोसमेत प्रयोग गरेर यस्ताे सूचना प्रवाह भइरहेकोप्रति सचेत रहन आग्रह गरेको हो ।

बुधकार एक विज्ञप्ति जारी गर्दै भनेकाे छ- ‘हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (X) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक – ग्राहकवर्गमा अनुरोध छ ।’

यसरी प्रकाशित भइरहेका भ्रामक र गलत सूचनामा राखिएको लिङ्कबाट प्रयोगकर्ताको मोबाइल ह्याक हुने तथा जोखिमपूर्ण मालवेयरहरू मोबाइलमा छिराउने जस्ता गतिविधि हुने गर्छन् ।

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ५८ बजे

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक