नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस् | Khabarhub Khabarhub

नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस्


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर आएकाे गलत सूचनाको पछि नलाग्न आग्रह गरेको छ ।

टेलिकमले आधिकारिक लोगोसमेत प्रयोग गरेर यस्ताे सूचना प्रवाह भइरहेकोप्रति सचेत रहन आग्रह गरेको हो ।

बुधकार एक विज्ञप्ति जारी गर्दै भनेकाे छ-हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (X) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक – ग्राहकवर्गमा अनुरोध छ ।’

यसरी प्रकाशित भइरहेका भ्रामक र गलत सूचनामा राखिएको लिङ्कबाट प्रयोगकर्ताको मोबाइल ह्याक हुने तथा जोखिमपूर्ण मालवेयरहरू मोबाइलमा छिराउने जस्ता गतिविधि हुने गर्छन् ।

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ५८ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून