वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सम्झनामा बालियो द्वीप (तस्बिरहरू) « Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सम्झनामा बालियो द्वीप (तस्बिरहरू)


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा बुधबार काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ।

वैदेशिक रोजगारीमा गएर जीवन गुमाएका नेपालीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

आप्रवासनका क्रममा ज्यान गुमाएका १४ हजार २२४ नेपाली कामदारलाई श्रद्धाञ्जली दिन भृकुटीमण्डपमा दीप प्रज्वलन गरिएको हो ।

प्रवासी नेपाली कोअर्डिनेशन कमिटी, सुरक्षित अध्यागमनको लागि राष्ट्रिय सञ्जाल र श्रम तथा रोजगार मन्त्रालयद्वारा गठित अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२४ को मूल समारोह समितिले द्वीप प्रज्ज्वलन गरेका हुन् ।

नेपाली श्रमिकको विदेशमा मृत्यु हुने संख्या डरलाग्दो छ । पछिल्लो १० वर्षमा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाए। ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

२०७१/७२ मा ६ महिला र १ हजार पुरुषको प्रवासमा ज्यान गएको थियो । २०७२/७३ मा २४ महिला र ७ सय ८९ पुरुष गरी ८१३ को मृत्यु भएको देखिन्छ । २०७३/७४ मा १८ महिला र ७ सय ३७ पुरुष गरी प्रवासमा ७ सय ५५ जनाको ज्यान गएको थियो ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ३५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।