मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्नुपर्छ : श्रममन्त्री | Khabarhub Khabarhub

मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्नुपर्छ : श्रममन्त्री


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास नहुने बताएका छन् ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ मूल समारोह समितिद्वारा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकका रूपमा मनाउन लागिएको जानकारी गराए।

उनले भने, ‘विदेशमा सिकेर आएकासँग ज्ञान छ, क्षमता छ, उनीहरूको ज्ञानलाई उपयोग गरेर मुलुकको विकासमा लगाउनुपर्छ ।’

‘सुरक्षित आप्रवासनको आधार, सूचना, सीपसहितको रोजगार’ भन्ने मूल नाराका साथ मन्त्रालयले साताव्यापीरूपमा दिवस मनाइरहेको छ । मन्त्री भण्डारीले सारा युवा पलायन भइसके, मुलुक खाली भइसक्यो भन्ने भाष्य तथ्यांकले स्थापित नहुने दाबी गरे ।

उनले कैयौँ युवा विदेशबाट सीप सिकेर मुलुकमा उदाहरणीय काम गरिरहेको र सीप सिकेर गएकाले विदेशमा पनि राम्रो काम गरिरहेको बताए। विदेशबाट फर्किएकाहरू विभिन्न रोगबाट प्रभावित रहेको उल्लेख गर्दै त्यस विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्टका आधारमा टेलिमेडिसिनलगायतका कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे ।

मन्त्री भण्डारीले मौद्रिक नीतिमार्फत सरकारले वैदेशिक रोजगारीमा बिना धितो ऋण दिने घोषणा गरिएको र त्यसका लागि कार्यनीति बन्दै गरेको जानकारी गराए। उनले अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्थालाई उच्च प्राथमिकता दिन पनि अनुरोध गरे।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले हाल एक सय ११ मुलुकमा नेपाली गएको बताउँदै वैदेशिक रोजगारीले ग्रामीण क्षेत्रको जीविकोपार्जनमा सुधार, शिक्षा, स्वास्थ्य र घरजग्गा लगानीमा बढोत्तरी भए पनि श्रमशक्ति घटाएको बताए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ५६ बजे

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको

इजरायलमा बर्ड फ्लुको नयाँ सङ्क्रमण

तेल अवीव – इजरायलको मातेह येहुदा क्षेत्रीय परिषद्को किबुट्ज जोरामा