पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे « Khabarhub

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाल–चाइना सांस्कृति तथा पर्यटन सम्मेलन’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने उल्लेख गरे ।

मन्त्री पाण्डेले भने, “चिनियाँले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार गरिरहेको अनुभव हाम्रा लागि राम्रो सिकाइ हुनेछ । भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुन्छ ।”

उनले पर्यावरणमैत्री पर्यटनमा जोड दिँदै पछिल्लो समय सूचना प्रविधि क्षेत्रको विकासले शिखर चुमेको समयमा डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिनुपर्ने बताए ।

मन्त्री पाण्डेले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषयसमेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला र पर्यटन एक अर्काको परिपुरक भएको र यी दुई बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे । नेपाली हस्तकला सामग्री ६० भन्दा बढी देशमा निर्यात हुने गरेको र आन्तरिक बजार तथा विदेश निर्यात गरी वार्षिक रु २४ अर्बको कारोबार हुने गरेको जानकारी गराए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : २६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२