रास्वपा सहमहामन्त्री श्रेष्ठ भन्छिन्‌ – सहकारी बचतकर्ता आन्दोलनमा सहभागी होऔं « Khabarhub

रास्वपा सहमहामन्त्री श्रेष्ठ भन्छिन्‌ – सहकारी बचतकर्ता आन्दोलनमा सहभागी होऔं


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवम्‌ सांसद्‌ सुमना श्रेष्ठले भोलि (मंसिर ५) मा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरेकी छिन्‌ ।

मङ्गलबार साँझ सामाजिक सञ्‍जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै श्रेष्ठले सहकारी पीडितले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन खुला अपील गरेकी हुन्‌ ।

‘बचतकर्ताहरूको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको यस अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि समस्त आम नेपाली नागरिकहरुमा हार्दिक आग्रह गर्दछु,’ श्रेष्ठले भनेकी छिन्‌ ।

स्मरण रहोस्‌; रास्वपाकै सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धान निम्ति कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्‌ ।

हाल फरार रहेका भनिएका जीबी राईसँगको साझेदारीमा खोलिएको गोर्खा मिडिया प्रालिमा सहकारी संस्थाहरूबाट रकम ल्याइ फिर्ता हिनामिना गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते प्रहरीले पार्टी कार्यालय चमतीबाटै पक्राउ गरी पोखरा लगेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ८ : ५३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण