प्रदूषणको च्यादरभित्र काठमाडौं (तस्बिरहरू) « Khabarhub

प्रदूषणको च्यादरभित्र काठमाडौं (तस्बिरहरू)



काठमाडौं – कचौराजस्तो भूबनोट भएको काठमाडौं उपत्यका हिउँद याममा वर्षेनी प्रदूषणको च्यादरमुनि पर्छ । झण्डै ४० लाख मानिस बसोबास गर्ने यो शहरको वायुमण्डल मनसुनी झरी सकिएसँगै मौसमी र मानवीय गतिविधिले निम्त्याउने प्रदूषित हावाले भरिइन्छ ।

यतिखेर काठमाडौं शहर विश्वका बढी प्रदूषित शहरको चौधौं स्थानमा छ । वायुको स्वच्छता मापन गर्ने स्वीस कम्पनी आइक्यूएअरका अनुसार काठमाडौं यो हिउँदमा प्रदूषणको रेकर्डतोड यात्रामा छ । अहिले काठमाडौंको हावा संवेदनशील उमेर समूहका लागि अस्वस्थकर छ ।

अघिल्ला वर्षहरूमै  काठमाडौंको वायुस्तर सबै रेकर्ड तोड्दै विश्वकै सबैभन्दा खतरनाक तहमा पुगेको थियो । अर्थात्‌, काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा उक्लिएको थियो । सास फेर्ने हावा नै प्रदूषित भएपछि अस्पतालहरूमा स्वासप्रश्वासदेखि आँखा र छाला लगायत समस्याबाट प्रताडितको लाइन लाग्ने गर्छ ।

गत कात्तिक १० गते विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं २५औं स्थानमा थियो । पछिल्ला दिनमा काठमाडौं यो सूचीको छैठौं स्थानसम्म उक्लिइसकेको छ । उपत्यकाको आकाशमा प्रदूषित तुवाँलोको बाक्लो तह देखिन्छ ।


यतिखेर भारतको राजधानी दिल्ली र पाकिस्तानी शहर लाहोर र इजिप्टको राजधानी कायरो प्रदूषित शहरको शीर्ष तीन स्थानमा छन्‌ । यी शहरमा वायु गुणस्तर संसारकै अति अस्वस्थकर अवस्थामा पुगेको छ । प्रदूषक र जैविक इन्धनको अतिप्रयोग तथा ठूलो भूभागका खेतबारीमा पराललगायत वनस्पति जलाउँदा निस्कने धुवाँले यी देशमा हरेक वर्ष वायु प्रदूषणले रेकर्ड राख्ने गर्छ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसोरसुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ । मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।

चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्‍याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ । फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला त प्रदूषणस्तर झनै माथि पुग्छ ।

जनस्वास्थ्यविद्‌हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्‍याउँछ । यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अङ्गमा एकसाथ चिसोले आक्रमण गर्छ । प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन्‌ । वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ ।

हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकहरूले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिन्छन्‌ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ३३ बजे

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो

ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

एजेन्सी– उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर