उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सियोल उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको शुक्रबार जनाएको छ ।

संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल-५-२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

गत वर्षको सुरुमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।

विश्लेषकहरूले प्योङयाङसँग त्यस्तो हतियार छ कि छैन भनेर प्रश्न उठाएका छन् । यसै साताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

उक्त अभ्यासमा विमानवाहक युद्धपोत ‘युएसएस कार्ल भिन्सन’सहित तीन देशका नौ युद्धपोत सहभागी थिए ।

उत्तर कोरियाले गरेको परीक्षणले ‘हाम्रो सेनाको पानीमुनि हान्नसक्ने आणविक हतियारमा आधारित प्रतिकारात्मक अवस्थालाई थप नजिक ल्याएको छ र यसले अमेरिका र उसका सहयोगीहरूको शत्रुतापूर्ण सैन्य युद्धाभ्यासलाई रोक्ने कायलाई जारी राख्नेछ,’ प्रवक्ताले भने।

हालैका महिनाहरूमा दुई कोरियाबीचको लामो समयदेखि तनावपूर्ण रहँदै आएको सम्बन्धमा तीव्र गिरावट आएको छ, दुवै पक्षले तनाव कम गर्ने प्रमुख सम्झौताहरू खारेज गरेका छन्, सीमा सुरक्षालाई बढावा दिएका छन् र सीमामा प्रत्यक्ष आक्रमणका अभ्यासहरू सञ्चालन गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले गत साता दक्षिण कोरियालाई आफ्नो देशको ‘प्रमुख शत्रु’ घोषणा गरेका थिए भने पुनर्मिलन र पहुँचका लागि काम गर्ने निकायहरूलाई निष्क्रिय भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ५२ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार