शिक्षालाई सीप र श्रमसंग जोड्नुपर्छ : नेता पौडेल « Khabarhub

शिक्षालाई सीप र श्रमसंग जोड्नुपर्छ : नेता पौडेल


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थिति बनाउन नसकेको बताएका छन् ।

नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेपनि उच्च शिक्षालाई राज्यले मौलिक हकको रुपमा उपयोग गर्ने परिस्थिति बनाउन नसकेको बताए । उनले देशले लगानी बनाएको व्यक्तिलाई स्वदेशमा प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्न उच्च शिक्षामा राज्यको मुख्य दायित्व हुने धारणा राखे ।

प्राथमिक शिक्षालाई अनिवार्य गर्ने र त्यसपछिको शिक्षालाई सीप र श्रमसंग जोड्नेगरी शिक्षा क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए ।

पौडेलले बिभिन्न क्षेत्रमा जनशक्ति आवश्यकताका आधारमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयमा मेरिट र प्रतिष्पर्धाका आधारमा योग्य र क्षमतावान व्यक्तिलाई लैजानुपर्ने बताए ।

पौडेलले विश्वविद्यालयलाई राजनीतिक भागबन्डा मुक्त बनाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : ४३ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो