टाइगर कप भलिबल : गण्डकी र हेल्प नेपाल फाइनलमा « Khabarhub

टाइगर कप भलिबल : गण्डकी र हेल्प नेपाल फाइनलमा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

कास्की – गत वर्षको विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौँ पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न सेमिफाइनलको पहिलो पाहुना टोली श्रीलङ्का आर्मी टिमलाई पराजित गरी हेल्प नेपालले फाइनलमा स्थान बनाएको हो । घरेलु टोली गण्डकीले भने सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनल भिडन्तमा हेल्प नेपालसँगको भेट पक्का गरेको हो ।

गण्डकीले घरेलु मैदान र समर्थकको राम्रो साथ पायो । दर्शकको साथले उत्साहित गण्डकीले एपिएफलाई सोझो सेटमा नै पराजित गर्न सफल भयो । गण्डकीले २५–१७, २५–२० र २५–२२ मा एफिएपलाई निरास पारेको हो ।

पहिलो सेमिफाइनलमा पाहुना टोली श्रीलङ्काको आर्मी टिमलाई हेल्प नेपालले ३–१ को सेटमा हराउन सफल भयो । खेलमा श्रीलङ्काले पहिलो सेट २५–१८ मा लिए पनि हेल्प नेपालको उत्कृष्ट पुनरागमन गर्न सफल भयो । त्यसपछिका तीन सेट लगातार २५–१४, २५–१८ र २६–२४ मा आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्न सफल भयो ।

महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पुलिसलाई २५–१७, १८–२५, २५–२० र २५–१९ मा पराजित गर्न सफल भयो । प्रतियोगितमा तृतीय भएको आर्मीले नगद रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । महिला तथा पुरुष दुवैको फाइनल खेल शनिबार हुनेछ । महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरि न्यूडायमण्डले उपाधिका लागि खेल्नेछन् ।

भोलि नै पुरुषतर्फको तृतीय स्थानका लागि श्रीलङ्का आर्मी र एपिएफ क्लब खेल्ने प्रतियोगिता संयोजक दीपक कार्कीले बताए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

यसैगरी तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही नगद रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ छ/छ टोलीले सहभागिता जनाएका थिए ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा यसअघि पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब र दोस्रो र तेस्रोमा लगातार नेपाल एपिएफ क्लबले उपाधि जितेको छ । यसैगरी पुरुषतर्फ पहिलोमा गण्डकी प्रदेश, दोस्रोमा त्रिभुवन आर्मी र तेस्रो संस्करण घरेलु टोली गण्डकी च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ९ : १९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क