भारतमा वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने अपेक्षा « Khabarhub

भारतमा वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने अपेक्षा


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा आगामी केही वर्षमै वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने त्यहाँका सूचना प्रविधिमन्त्रीले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी दशक भारतको आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशत पुग्ने आँकलनबीच मन्त्री अश्विनी वैष्णवले अबको केही वर्षभित्र १ खर्ब डलर बराबरको वार्षिक प्रत्यक्ष विदेशी लगानी भित्रिने बताएका हुन् ।

स्विट्जरल्याण्डको डाभोसमा चलिरहेको विश्व आर्थिक मञ्चमा रोयटर्ससँगको कुराकानीमा मन्त्री वैष्णवले सरकारको स्पष्ट रणनीतिअनुसार नै यस्तो लक्ष्य लिइएको बताए । उनले पूर्वाधारमा लगानी, जनसङ्ख्याको तल्लो तहमा रहेका मानिसहरुलाई माथि उठाउने प्रयास, उत्पादनमा वृद्धि र भारतमा व्यवसाय गर्न थप सहज वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिइरहेको पनि बताए ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता भारतमा प्रत्यक्ष विदेशी लगानी बढेर गएको छ । पछिल्लो समय सामसुङ, एप्पल, किया, एअरबसजस्ता बहुराष्ट्रिय कम्पनीले भारतमा लगानी बढाइरहेका छन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भारतमा ३३ अर्ब भारतीय रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीका रुपमा भित्रिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ४८ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।